२०८२ मंसिर २२ , सोमबार

होटेल नमस्ते नेपाल (जियाना) सुर्खेतमा आगलागी, ३० लाख बराबरको क्षति



सुर्खेत । सुर्खेतको एक होटेलमा आगलागी भएको छ । सोमवार बिहान साढे १० बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भएर वीरेन्द्रनगर स्थित होटेल नमस्ते नेपाल (जियाना) मा आगलागी भएको हो ।

आगलागीबाट चुला, फ्रिज स्टिपलाइजर लगायत अन्य सामाग्रीहरू जलेर नष्ट भएको होटेलका म्यानेजर हेमराज रावतले जानकारी दिए । उनले आगलागीबाट करिब ३० लाख क्षति भएको बताए । आगोलाई प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइसकिएको छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमबार