होटेल नमस्ते नेपाल (जियाना) सुर्खेतमा आगलागी, ३० लाख बराबरको क्षति

खबरदृष्टि सम्वाददाता २९ माघ २०८०, सोमबार १२:४९

सुर्खेत । सुर्खेतको एक होटेलमा आगलागी भएको छ । सोमवार बिहान साढे १० बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भएर वीरेन्द्रनगर स्थित होटेल नमस्ते नेपाल (जियाना) मा आगलागी भएको हो ।

आगलागीबाट चुला, फ्रिज स्टिपलाइजर लगायत अन्य सामाग्रीहरू जलेर नष्ट भएको होटेलका म्यानेजर हेमराज रावतले जानकारी दिए । उनले आगलागीबाट करिब ३० लाख क्षति भएको बताए । आगोलाई प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइसकिएको छ ।

Next Post

छैठौँ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन वीरन्द्रनगरमा सम्पन्न

२९ माघ २०८०, सोमबार १२:४९
सुर्खेत । छैठौँ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन २०८० सम्पन्न भएको छ । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा माघ २७ गतेदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको उक्त सम्मेलन सोमवार सम्पन्न भएको हो । ‘छैटौँ ऐतिहासिक बेटी सम्मेलन’लाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका थिए । यस वर्ष बेटी सम्मेलनको नारा ‘दिगो […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031