काठमाडौं। सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधवार गृह मन्त्रालयले एक सूचना जारी गरेर दिएको जानकारी अनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको हाे ।
सार्वजनिक सूची अनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा तथा दुई वटा जन्म जयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्ध जयन्तीको पनि बिदा दिइएको छ ।
प्रकाशित मिति : २०८० फागुन २ गते बुधबार