२०८३ वैशाख २२ , मंगलबार

सुर्खेतबाट काठमाडौं जाँदै गरेको श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण, भएको के हो ?



सुर्खेत । प्राविधिक समस्या देखिएर चालकदलले आकस्मिक अवतरणको अनुमति मागेको श्री एयरलाइन्सको एक जहाज काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार साँझ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरको विमानको फ्ल्यापमा समस्या देखिएपछि विमान चालकले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आकस्मिक आवतरणको अनुमति मागेका थिए।

आकस्मिक अवतरणका लागि इन्धन सक्न उक्त जहाजले धेरै बेरसम्म काठमाडौँको आकाशमा फन्का लगाएको थियो। विमानस्थल कार्यालयका अनुसार उक्त जहाजले सुरक्षित रुपमा साँझ करिब ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।

प्रकाशित मिति : २०८० फागुन ३ गते बिहीबार