२०८३ वैशाख २२ , मंगलबार

मोटरसाइकल र टेलर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु



सल्यान । सल्यानमा मोटरसाइकल र टेलर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्गाड कुपिण्डे नगरपालिका–१ का १८ वर्षीय शिशिर बिसी रहेका छन् । सल्लीबजार–चौरजहारी सडकखण्डअन्तर्गत बन्गाड कुपिण्डे नगरपालिका–६ नाथेखोलाबाट सुनौलीबजार जाँदै गरेको लु ८० प १४११ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ६ ख २२५३ नम्बरको टेलर एक आपसमा ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोटरसाइकल सवार दुर्घटनामा गम्भीर घाइते भएका बिसीलाई उपचारको लागि सुर्खेतको मेहलकुना अस्पताल ल्याइएको र त्यसपछि जिल्ला अस्पताल सल्यान लिने क्रममा बिसीको शुक्रबार राति १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।

उनकाअनुसार प्रहरीले टेलर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१ का २५ वर्षीय दीपक थापा र मोटरसाइकल चालक वर्ष १६ का दिपायल बुढालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन ५ गते शनिबार