सुुर्खेत । रुकुम पश्चिममा आज (शनिवार) नौ जना मान्छेलाई टोकेको बौलाहा कुकुरमा रेबिज एन्टिजेन परिक्षण गर्दा पोजिटिभ देखिएको छ । मुसिकोट नगरपालिका–२ रातामाटाका स्थानीय नौ जनालाई टोकेको कुकुरमा एन्टिजेन परिक्षण गर्दा पोजिटिभ देखिएको हो ।
मान्छेलाई टोकेर मृत भेटिएको बौलाहा कुकुरको रेबिज एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शेर बहादुर खड्काले जानकारी दिए । उनकाअनुसार कुकुरमा एन्टिजेन पोजिटिभ देखिएपछि मृत कुकुरको टाउको काटेर थप परिक्षणका लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।
कुकुरले ६ जना पुरुष र तीन महिला, एउटा भैंसी र दुईवटा कुकुरलाई टोकेको थियो । मान्छेलाई टोकेको सूचना पाउनासाथ पशु अस्पतालका प्रमुख खड्का सहित डाक्टर जयन्त महत, रिम बहादुर खड्का, नगरपालिकाला पशु शाखा प्रमुख सरस्वती सापकोटाको टोलीले मृत कुकुरको रेबिज एन्टिजेन परिक्षण गरेको थियो । बौलाहा कुकुरलाई मुसिकोट नगरपालिकाको नगर प्रहरीको सहायतामा खाल्डोमा गाडिएको बताइएको छ ।