समृद्ध नेपाल बनाउन सबै एकैढिक्का भएर लाग्न आवश्यक छ : प्रदेश प्रमुख परियार

खबरदृष्टि सम्वाददाता ७ फाल्गुन २०८०, सोमबार ०९:२६

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् । सोमबार एक शुभकामना सन्देश जारी गर्दै ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीवासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले समृद्ध नेपाल बनाउन सबै एकैढिक्का भएर लाग्न आवश्यक रहेको समेत बताएका छन् ।‘मुलुकमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरेपक्षता, संघियता, समानुपातिक–समावेशीता र गणतन्त्रको रक्षा र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्न सबैपक्ष एकैढिक्का भएर निस्वार्थ भावले योगदान गर्न आवश्यक छ । प्रजातन्त्र दिवसले सबैलाई प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।’ शुभकामना सन्देशमा भनिएको छ ।

उनले भनेका छन्, ‘प्रजातान्त्रिक मुल्य मान्यतालाई जिवन पद्धति बनाएर देशमा विद्यमान वर्ग,जाति, जनजाति, महिला, दलित, मधेशी, उत्पीडित, उपेक्षित क्षेत्रलाई न्याय समानता, निश्पक्षता, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय हित स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरुमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशाासन, विकास र समृद्धि गर्न सबैमा उत्साह प्रदान गर्न सकोस् कामना गर्दछु ।’

Next Post

प्रजातन्त्र दिवसमै फाेटाे तथा भिडियाे खिच्न नदिएपछि पत्रकारहरूले गरे क्यामरा डाउन

७ फाल्गुन २०८०, सोमबार ०९:२६
काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले क्यामरा डाउन गरेका छन्। गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले सैनिक मञ्च, टुँडिखेलको गेट बाहिर क्यामरा डाउन गरेका हुन्। पत्रकारहरूले सांकेतिक विरोध स्वरूप क्यामरा डाउन गरेका हुन्। सूचना विभागको कार्ड देखाउँदा […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031