२०८३ वैशाख १४ , सोमबार

अवैध रूपमा कटान भएको काठ बरामद



सुर्खेत । डिभिजन वन कार्यालय रुकुम पश्चिमले अवैध रूपमा कटान गरिएको काठ बरामद गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाको ठुलाभिर भुम्के सामुदायिक वन क्षेत्रमा अवैध रूपमा कटान गरिएको सल्लो प्रजातिको काठ बरामद गरिएको हो ।

कार्यालयका अनुसार विभिन्न नाप साइजका गोलिया ५ थान र चिरान ९२ वटा काठ बरामद गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहलाई अटेरी गरी विना अनुमति काठ कटान गरेको भन्ने उजुरीको आधारमा वन कार्यालयबाट वन कर्मचारीको टोली उक्त स्थानमा पुगेको थियो ।

काठ कटान कार्यमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ । बरामद गरिएको काठ सामुदायिक वन उपभोक्ता समूहलाई जिम्मा लगाइएको बताइएको छ । डिभिजन वन कार्यालयले अवैध काठ कटान, चोरी तथा निकासीमा कडाई गरेको छ ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार