
सुर्खेत । परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले ‘७७८६’ औँ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न गरेको छ । बिहीवार वीरेन्द्रनगरको मुख्यक्षेत्र बुद्धपथ, हटियालाईन लगायतका ठाउँमा अभियान संचालन गरिएको थियो ।
सरसफाईमा सहभागी आशिष जैशीले बजार सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दापनि बजार सरसफाई आफैले गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताए । ‘केही हद सम्म सरसफाई पनि हुन्छ, त्यो भन्दा पनी महत्वपुर्ण कुरा हामीले जथाभावी फोहोर गर्न हुँदैन भन्ने सन्देश पनि जान्छ ।’ उनले भने ।
सरसफाईमा सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल, वीरेन्द्रनगरका उपप्रमखु निलकन्ठ खनाल, राम जानकी टोल विकास समितिका अध्यक्ष भिम बि.सी, एमाले प्रदेश कमिटी सदस्य ध्रुव थापा, सुनचाँदी व्यवसायी संघका अध्यक्ष ज्ञान बहादुर विश्वकर्मा लगायतको उपस्थिति थियो ।