गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का

खबरदृष्टि सम्वाददाता १८ फाल्गुन २०८०, शुक्रबार १६:१९

सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । शुक्रवारदेखि काठमाडौँमा सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएपनि गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे ।

उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे । उनले आफूले कर्णालीलाई केन्द्रमा पु¥याउने कुरा नबिर्सिएको बताए । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला । यो गठबन्धन ५ वर्ष चल्छ । यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन ।

यो गठबन्धन मूलभूत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताको बिचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौँ भनेको हो । कर्णालीलाई केन्द्रमा पु¥याउने कुरा बिर्सिएका छैनौँ ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताए ।

Next Post

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लालाई

१८ फाल्गुन २०८०, शुक्रबार १६:१९
सुर्खेत । कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले उचालेको छ । शुक्रबार जुम्ला र हुम्लाबीच भएको फाइनल खेलमा जुम्लाले चार गोल गर्दै उपाधि उचालेको हो । प्रतियोगितामा जुम्लाका रुविन भण्डारीले ह्याट्रिक गरे भने जुम्लाका महेन्द्र शाहीले एक गोल गरे । निर्धातिर ९० मिनेटको खेलमा हुम्लाले कुनै पनि गोल गर्न […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031