
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको चर्चित ‘नमुना हङ्गकङ बजार’ वीरेन्द्रनगर–१० स्थित बौद्धिक टोल (सिटि बसपार्क अगाडि) सञ्चालनमा आएको छ । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै बजार व्यवस्थापन समितिका अध्यक्ष गणेश बिसीले २० वर्षदेखि वीरेन्द्रनगर–६ स्थित हटियालाईनमा रहेको नमुना हङकङ्ग बजार थप व्यवस्थापनका साथ बसपार्क अगाडी सञ्चालनमा आएको जानकारी दिए ।
नगर क्षेत्रभित्र रहेका सरकारी जग्गामा बनेका संरचना हटाई पार्किङ्ग लगायतका संरचना निर्माण गर्ने भएपछि गत फागुन ३० गते वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाएर भत्काएको थिए । संरचना भत्काएको करिब तीन महिनापछि ७ कठ्ठामा बजार सञ्चालन आएको उनको भनाइ छ ।

हङकङ्ग बजारमा सञ्चालन भएका ३२ जनाको पसलमा करिब ८० जनाले प्रत्यक्ष रोजगारी पाउने उनले बताए । अध्यक्ष बिसीले आफ्नो स्वार्थको लागि नभई कर्णालीबासीको लागि उक्त बजार पुनः सञ्चालनमा ल्याएको जानकारी दिए । उनीहरुले नीजि जग्गामा दश वर्षको सम्झौता गरेर सञ्चालनमा ल्याएका छन् ।