२०८३ वैशाख ११ , शुक्रबार

जाजरकोटमा रुख ढलेर एकजना गम्भीर घाइते



रुख ढलेर घाइते नाथलाई अस्पताल लग्दै प्रहरी

सुर्खेत । जाजरकोटमा रुख ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा जाजरकोट जुनीचाँदे गाउँपालिका–२ मजकोटस्थित भैरव टोल बस्ने वर्ष ३८ का भक्त बहादुर नाथ रहेका छन् ।

बुधवार बिहान ८ बजेको समयमा घरदेखि १ घण्टा टाढाको जङ्गलमा खर्सुको रुखमा चढेर घाँस काट्ने क्रममा उक्त रुख ढलेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

घाइते नाथको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अस्पताल लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार