२०८३ वैशाख १२ , शनिबार

कोशी र कर्णालीमा भोलि सार्वजनिक बिदा



सुर्खेत । शुक्रबार (भोलि) दुई वटा प्रदेशले सार्वजनिक बिदा दिएका छन् । कोशी र कर्णाली प्रदेशले भोलि फरकफरक सन्दर्भमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । कोशी प्रदेश सरकारले ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।

कर्णाली प्रदेश सरकारले भने भोलि नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हो।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार