दक्षिण कोरियामा छुसकको रौनक

व्यस्तताको बाबजुद रमाउँदै नेपाली युवा

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३१ भाद्र २०८१, सोमबार १६:५१

सुर्खेत । दक्षिण कोरियामा यति बेला महान् पर्व छुसकको रौनक छाएको छ । रोजगारका लागि इपिएस प्रा.लि.मार्फत कोरिया पुगेका नेपाली दाजुभाइ एक आपसमा जमघट भई खुसी साटासाट गर्दै छुसकलाई मनाई रहेका छन् । प्राचीन हान्गावी नामले परिचित छुसकलाई कोरियावासीको सबैभन्दा ठुलो पर्व समेत मानिन्छ । नेपालका हिन्दु धर्मालम्बीहरुले मनाउने महान् पर्व वडा दसैँ जस्तै कोरियामा छुसक पर्वलाई वर्षे तथा मुख्य खाद्यान्न बालीनाली भित्र्याए लगत्तै मनाइने गरिन्छ ।

छुसक लुनार क्यालेन्डर अनुसार आठौँ महिनाको पन्ध्रौँ दिनमा मनाइने गरिन्छ । छुसक सेप्टेम्बर महिनाको १५ तारिखमा ‘हान्गावी’ भनेर पनि भनिन्छ । छुसकमा चिहानमा फूलपाती चढाइन्छ र पुर्खा पूजा गरिन्छ, छुसकमा ताजा भित्र्याइएको चामलद्वारा भात पकाएर सोङफ्यन बनाएर खाइन्छ । यस्तै, रातमा पूर्ण चन्द्रमालाई हेर्दै सुस्वास्थ्य, दीर्घायुको कामनासमेत गरिन्छ ।

छुसकको अवसरमा सरकारले तीन दिनको सार्वजनिक बिदा दिने गरेको र कोरियन परिवारले आफ्नो पुर्खेली गाउँ तथा घरमा जाने, पारिवारिक जमघट हुने र परम्परागत मिठा मिठा परिकार खाएर खुसी साटासाट गर्ने प्रचलन रहेको रोजगारका लागि कोरिया पुगेका गुराँस–३, दैलेखका प्रेम बहादुर विश्वकर्माले जानकारी दिए ।

‘यस पर्वमा कोरियाली तथा कोरियामा रोजगार गर्दै आएका नेपालीलगायत विभिन्न विदेशी कामदारहरूले एक आपसमा जमघट भई खुसी साटासाट गर्दै मनाइन्छ’ उनले भने । आफ्नो देशमा दसैँ, तिहारजस्ता महान् पर्व आउँदै गर्दा कर्मथलोमा रोजगारका लागि आउनुभएका नेपाली दाजुभाइहरू लाई एकै ठाउँमा भेट गराई दुःख–सुख आदान प्रदानको माध्यमको रूपमा छुसकलाई लिएको गुराँस–३, दैलेख घर भई कोरियामा रोजगार गर्दै आएका लोकेन्द्र बिसीले बताएका छन् ।

यस्तै, छुसक जस्ता चाडपर्वमा जन्मभूमिबाट टाढा भए पनि आफन्त दाजुभाइसँग भेट हुने हुँदा आफू आफ्नै देशमा भएको अनुभव भएको हाल कोरियामा रोजगार गर्दै आएका गुराँस–३, दैलेखका दीपेन्द्र शर्माले बताए । उनका अनुसार छुसकको राती चन्द्रमाको मुनि महिलाहरू हात समातेर गीत गाउँदै वरिपरि गोलो घेरा बनाइ घुम्ने खेल ‘खाङगाङसुल्ले’ खेल्ने र विभिन्न स्थानीय परिकारहरूको साथ रमाउने प्रचलन रहेको छ ।

छुसकमा खाइने मुख्य खानाको परिकारहरू
सोङफ्यान : छुसक पर्वमा पकाइने मुख्य परिकार मध्ये एक सोङफ्यान हो । जसमा विभिन्न गेडागुडी जस्तै दाल चिनी, कालो सिमी लगायत ओखर, कटुस, र मह पनि मिसाएर पकाउने गरिन्छ ।

बुल्खोगी : बुल्खोगी मासु आगोमा पोलेर बनाइने स्वादिष्ट परिकार हो ।

छाप्जेफाब : यो पनि कोरियामा प्रचलित स्वादिष्ट परिकार हो । यो लगायत छुसकमा पेय पदार्थ र मादक पदार्थहरू सोजु (कोरियामा प्रचलित रक्सी), मेक्जु (कोरियन बियर) र विभिन्न प्रकार वाइन पिउने गरिन्छ ।

हावा : छुसकमा कोरियनले खाने अर्को परिकार हो, हाङ्वा । प्राकृतिक रङ्ग र ढाँचाबाट बनाइने यो परिकार चामलको पिठो, मह, फलफूल र गेडागुडीको उमारेर बनाइएका जराबाट बनाइन्छ । यो स्पेसल खाना छुसक बाहेक अन्य उत्सव विवाह, जन्मोत्सव लगायतका उत्सव पार्टीमा पनि खाने गरिन्छ ।

पछिल्लो समय दक्षिण कोरियाले नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८ सय ४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६ सय ३५ जना सहभागी भएका छन् । सोही अवधिमा चार हजार ७०५ जना नेपाली श्रमिक कोरिया गएका छन् ।

दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ । इपिएस प्रणालीबाट १६ वटा देशबाट श्रमिक लैजाने गरेको दक्षिण कोरियाले यस अन्तर्गत सबैभन्दा धेरै श्रमिक नेपालबाट छनोट गरिरहेको छ । इपिएसमार्फत आवेदन दिएका सबै आवेदकको भाषा परीक्षा कोरियाली प्रतिनिधिको सहभागितामा हुने गरेको छ ।

Next Post

लिड्स आइकनमा सल्यान कालिमाटीका सनसिल्ता

३१ भाद्र २०८१, सोमबार १६:५१
सल्यान। सल्यानको कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनसिल्ता वली (डिसी) शी लिड्स आईकनको उत्कृष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी छन् । उपाध्यक्ष सनसिल्ता शी लिड्स आईकनको टप २४ मा छनौट भएकी हुन । शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिहरुमध्ये सर्टलिस्टमा उपाध्यक्ष सनसिल्ता छनौट […]

सम्बन्धित समाचार

May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031