२०८३ जेठ २४ , आइतबार

आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख पदमा कर्मचारी माग



काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातैवटा प्रदेश अन्तर्गतको केही शाखा र उपशाखा कार्यालयका लागि प्रमुख पदमा कर्मचारी माग गरेको छ। यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्रीबजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले बताएको छ।

साथै कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले आफ्‌नो बायो डाटा, नागरिकता र माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगाना मार्फत् आवेदन दिनु पर्नेछ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार