२०८३ वैशाख ५ , शनिबार

सुनचाँदी व्यवसायी संघमा एमाले माओवादी गठवन्धन विजयी



     सुनचाँदी व्यवसायी संघ सुर्खेतको ८ औं साधारण सभा तथा ५ औं महाधिवेशनबाट वीरेन्द्रनगरमा रहेको संगम ज्वैलर्सका संचालक ज्ञानेन्द्र विश्वकर्माले १ सय १६ मत ल्याई विजयी भएका छन्।
शनिबार सुर्खेतकाे वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनवाट एमाले माओवादी गठवन्धन विजयी भएको हाे। गठवन्धनले नेपाली कांग्रेस निकट दिनेश विश्वकर्मा अध्यक्ष रहेकाे व्यवसायी टिमलाई हराएको हाे। पराजित विश्वकर्माले ७७ मत ल्याएका छन्।
संघकाे बरिस्ठ उपाध्यक्षमा लालवहादुर सुनार, प्रथम उपाध्यक्षमा ओमवहादुर बिक, द्वितिय उपाध्यक्षमा तिर्थ सुनार
र महासचिवमा मोहन सुनार चयन भएका छन्।
यसैगरी, सचिवमा सन्जिब वराल, कोषाध्यक्षमा लोकेन्द्र सुनार, सह-कोषाध्यक्षमा सुनिल रामदाम र सदस्यहरुमा, सुरेन्द्र सुनार, जनकवहादुर सुनार, ओम प्रकाश विक, सन्तोष गहतराज, करुणा स्वर्णकार, महेन्द्र सुनार निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरुमा वलिराम विश्वकर्मा, लक्ष्मी कुमारी सुनार, तुफान सुनार, शोनी रामदाम र भुपेन्द्र सुनार बिजयी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष जनक सुनारले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७९ जेठ २३ गते सोमबार