२०८३ वैशाख ८ , मंगलबार

सिम्ता गाउँपालिका–४ का वडाध्यक्षले दिए राजीनामा 



सुर्खेत । सिम्ता गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र सिंह ठकुरीले पदबाट राजीनामा दिएका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित ठकुरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन्।

‎उनले पालिका अध्यक्ष ऐनबहादुर चन्दको व्यक्तिगत मनोकाङ्क्षा र झुटा आश्वासनजस्ता गैरजिम्मेवारपूर्ण व्यवहारहरू बढेकोले यस्तो नेतृत्वभित्र बसेर आम नागरिकहरूलाई सहज, सुलभ र समावेशी सेवा दिन नसक्ने बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ अनुसार आफू जनताको सेवामा निरन्तर खटिए पनि पछिल्ला गतिविधिले सेवा प्रवाहमा बाधा पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘जनताको हितमा काम गर्न असहज महसुस भएकाले आजको मितिदेखि लागु हुने गरी म वडा नं ४ को वडाध्यक्ष पदबाट राजीनामा दिएको छु,’ ठकुरीको पत्रमा उल्लेख छ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार