२०८३ वैशाख ३ , बिहीबार

कर्णाली जेन-जीले माग्यो महान्यायाधिवक्ता र प्रधानमन्त्रीका स्वकीय सचिवको राजीनामा



सुर्खेत । कर्णाली जेनजीले महान्यायाधिवक्ता र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको राजीनामा मागेको छ। उक्त समूहले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयलाई छुट्टाछुट्टै पत्र बुझाउँदै दुवै जनाको राजीनामा मागेको हो।

यो समूहमा हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङकै ‘द काउन्सिल अफ जेनजी’ को कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाही पनि छन्।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार