२०८३ वैशाख ३ , बिहीबार

कर्णालीमा विश्व हिन्दु महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा सापकोटा



सुर्खेत । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको कर्णाली अध्यक्षमा भक्ति प्रसाद सापकोटा चयन भएका छन्। बुधवार बसेको प्रदेश कार्य समितिको प्रथम प्रदेश सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

उक्त अधिवेशनले उपाध्यक्षमा प्रतिमा विष्ट र नहकुल खड्कालाई चयन गरेको छ। सचिवमा प्रकाश कुमार महल, सह–सचिवमा नानु हमाल र नन्द नारायण पौडेल, कोषाध्यक्षमा सरिता शाही तथा सह–कोषाध्यक्षमा विमला खड्कालाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी सदस्यमा शिव प्रसाद न्यौपाने, प्रेमबहादुर थापा, कृष्ण प्रसाद तिमिल्सिना, ज्वाला प्रसाद शर्मा, नारायण प्रसाद तिमिल्सिना, अमृता आचार्य, मदन पोखरेल, कृष्णा देवी थापा, अबु सिंह, टोपबहादुर थापा चयन भएका छन्।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार