२०८३ वैशाख ३ , बिहीबार

निमावि लाइसेन्स परीक्षा : कर्णालीबाट १९ हजार बढी सहभागी हुँदै



समाचार सारांश
Generated Using AI
  • मंसिर २० गते हुने निम्न माध्यमिक (निमावि) अध्यापन अनुमतिपत्र परीक्षामा देशभरबाट १ लाख १ हजार ७८३ परीक्षार्थी सहभागी हुँदैछन्।
  • सबैभन्दा धेरै सहभागी लुम्बिनी (२०,५२५) र त्यसपछि कर्णाली (१९,०१२) रहेका छन्।
  • काठमाडौं उपत्यकामा यसपटक पनि परीक्षा केन्द्र नतोकिनुका कारण बागमती प्रदेशका परीक्षार्थीलाई हेटौंडा र चितवन जानुपर्ने भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । आगामी मंसिर २० गते सञ्चालन हुने निम्न माध्यमिक तह (निमावि) को अध्यापन अनुमतिपत्र परीक्षामा कर्णाली प्रदेशबाट १९ हजार १२ जना परीक्षार्थी सहभागी हुने भएका छन्। शिक्षक सेवा आयोगले सार्वजनिक गरेको परीक्षा केन्द्र तथा रोल नम्बर विवरणअनुसार देशभरबाट जम्मा १ लाख १ हजार ७८३ जना परीक्षार्थी परीक्षा सूचीमा परेका छन्।

आयोगका अनुसार सबैभन्दा धेरै परीक्षार्थी लुम्बिनी प्रदेशबाट रहेकाछन्। लुम्बिनी प्रदेशबाट २० हजार ५२५ जना परीक्षामा सहभागि हुँदै छन् । यस्तै आयोगका अनुसार कोशी प्रदेशबाट १७ हजार सय ३८,मधेश प्रदेशबाट १५हजार सय १६,बागमती प्रदेशबाट १३ हजार एक सय ५६,गण्डकी प्रदेशबाट हजार सय ८६ जना र सुदूरपश्चिम प्रदेशबाट हजार सय ५० जना सहभागी हुने भएका छन्।

प्रदेशगत विवरण

• लुम्बिनी प्रदेश — २०,५२५
• कर्णाली प्रदेश — १९,०१२

• कोशी प्रदेश — १७,२३८
• मधेश प्रदेश — १५,७१६
• बागमती प्रदेश — १३,१५६
• सुदूरपश्चिम प्रदेश — ९,२५०
• गण्डकी प्रदेश — ६,८८६

आयोगले काठमाडौं उपत्यकामा (काठमाडौं, भक्तपुर, ललितपुर) परीक्षा केन्द्र नतोक्दा बागमती प्रदेशका परीक्षार्थी हेटौंडा तथा चितवनमा परीक्षा दिन बाध्य भएका छन्। कात्तिक २२ गते सम्पन्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा पनि राजधानीमा केन्द्र नपरेको परीक्षार्थीहरूले गुनासो गर्दै आएका थिए।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार