२०८३ कात्तिक १६ , आइतबार

चिसापानी दुर्घटनामा घाइते ५५ वर्षीय आचार्यको उपचारका क्रममा निधन



सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ५५ वर्षीय कृष्णकुमार आचार्यको उपचारका क्रममा निधन भएको छ।

ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते हुनुभएका दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ निवासी आचार्यको कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा निधन भएको हो।

कर्णाली प्रदेश अस्पतालले आचार्यको निधन भएको जनाएको छ। दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको अस्पतालले जानकारी दिएको छ।

चिसापानीमा भएको उक्त दुर्घटनापछि घाइते आचार्यको निधनको खबरले परिवार तथा आफन्तजन शोकमा परेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार