२०८३ वैशाख ४ , शुक्रबार

गायिका भूमिका गिरी सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्दै



सल्यान । लोक गायिका भूमिका गिरी आज वैवाहिक सम्बन्धमा बाँधिदैछिन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् । आज सल्यानमा वैवाहिक समारोह राखिएको छ । सीमित आफन्त र साथीभाइको उपस्थितिमा उनीहरूको विवाह हुँदैछ । उनीहरूको इन्गेजमेन्ट भइसकेको छ । सोमवार विहान इन्गेजमेन्टका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्दै भूमिकाले लेखेकी छिन, ‘मृत्युदेखि पर पनि कुनै संसार छ भने त्यहाँ पनि संगै हुन पाइयोस । उनका ‘गोरखपुरको सलाई’, ‘तारा सँगै जून’, ‘चोली मैलै भो’, ‘देउरालीमा’ लगायतका गीतहरू चर्चित छन् ।

प्रकाशित मिति : २०७९ फागुन २२ गते सोमबार