२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरमा पिङबाट खसेर एक जनाको मृत्यु



सुर्खेत । वीरेन्द्रनगरमा पिङबाट खसेर घाईते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बुधवार साँझ ५ बजेको समयमा दाङ तुल्सीपुर उपमहानगरपालिका ६ कि ५० वर्षकी पविसरा सुनार खसेर घाईते भएकी थिईन् । उनको कर्णाली केयर अस्पतालमा उपचारका क्रममा साँझ सवा ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस्तै पिङ खेल्ने क्रममा दुई जना घाईते भएका छन् । घाईते हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ कि २६ वर्षकि प्रतिमा गदाल र उनका २ वर्षका छोरा प्रनिल गदाल रहेका छन् ।

उनीहरु वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ स्थित जिरोड्याम नजिक रहेको काक्रे विहार फन पार्क एण्ड रिसार्ट प्रालिको फन पार्कमा फलामको पिङ्ग खेल्ने क्रममा खसेर घाईते भएका हुन् । घाईते भएका आमाछोराको कर्णाली केयर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले सिद्धदर्शनलाई जानकारी दिए । उनीहरुको आँखामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त रिसोर्टका सञ्चालक कर्ण सुस्लिङ मगरलाई प्रहरीले नियन्त्रणमा थप अनुसन्धान भईरहेको डिएसपी शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार