२०८३ वैशाख ६ , आइतबार

पल शाह छिट्टै म्युजिक भिडिओमा देखिँदै



काठमाडौं। नायक पल शाह छिट्टै म्युजिक भिडियोमार्फत आफ्नो नियमित काममा फर्कने तयारीमा जुटेका छन् । यो कुरा पलले हिजो रुकुममा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा खुलासा गरेका हु्न् । जेलमा रहँदा आफुले थप हजारौं सुवेच्छुकहरु कमाएको उनको भनाई थियो । मैले जेलमा रहदा हजारौं आमाहरु कमाए, हजारौं बुवाहरु पाए, हजारौं दाजु भाइ दिदी बहिनीहरु थपिए, उनले भने । जेललाई आफुले विश्वविद्यालयको रुपमा लिएको उनले बताए । ‘जेलमा ठूलो ज्ञान आर्जन गरे, विभिन्न अनुभवहरु भए, जेल त विश्वविद्यालय रैछ उनले भने । उनी मेल भर्सनमा यसअघि नै सार्वजनिक भएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत कमब्याक गर्ने भएका छन् । पललाई म्युजिक भिडिओ र मुभी बनाउन निर्माताहरुले तछाँडमछाड सुरु गरेको कुरा बाहिरिएको छ।

प्रकाशित मिति : २०७९ चैत २ गते बिहीबार