२०८३ वैशाख ६ , आइतबार

सानीभेरी गाउँपालिकामा व्यावसायिक तरकारी खेती तालिम



रुकुमपश्चिम। रुकुम पश्चिम सानीभेरी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा व्यावसायिक तरकारी उत्पादन सम्बन्धिको ४ दिने तालिम सञ्चालन भएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गतको कार्यक्रम लागु भएका सानीभेरी गाउँपालिकाका वडा नम्बर ७, ९ र १० गरी ३ वटा वडाका करिब २७ जना कृषकहरुलाई तालिम प्रदान गरिएको कृषि विकास शाखाका प्रमुख महेन्द्र ओलीले बताए । शाखा प्रमुख ओलीकाअनुसार ४ दिने तालिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको जानकारी, तरकारी खेतीमा नयाँ प्रविधिको ज्ञान, तरकारीमा लाग्ने विभिन्न किसिमका रोग तथा किराहरुको नियन्त्रण र समाधानको बारेमा जानकारी दिने, विषादी र विषादीको विकल्पका बारेमा जानकारी गराउने उद्देश्य रहेको शाखा प्रमुख ओलीको भनाइ छ । वडा नम्बर ९ का अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियोे । यस्तै, गाउँपालिका उपाध्यक्ष कमला रोका पुन, पशु प्राविधिक नन्दराम केसीलगायतको आतिथ्यता रहेको थियो । तालिमको सञ्चालन कृषि प्राविधिक विष्णु कुमार डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत २ गते बिहीबार