२०८३ वैशाख ५ , शनिबार

डोल्पामा ड्युटी खटिएका प्रहरी हवल्दार बेपत्ता



डोल्पा। डोल्पामा ड्युटी खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय काइगउँमा कार्यरत दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षिया वरिष्ठ हवल्दार जोशिराम रेगामी काईगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

बेपत्ता नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा उनले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायाव निरिक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थल खटिएको बताइएको छ ।

मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा जोशीरामले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार