२०८३ वैशाख ७ , सोमबार

खाद्य सञ्जाल सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई बुझायो ज्ञापन पत्र



सुर्खेत । जिल्ला खाद्य अधिकार सञ्जाल सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ । बुधबार खाद्य अधिकार सञ्जालका अध्यक्ष जगतकुमार केसीको नेतृत्वमा नियमित बजारको अनुगमन र अखाद्य बस्तु नियन्त्रण सम्बन्धि नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो ।

 

विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था फियान नेपालका कर्णाली संयोजक प्रकाश नेगी तथा नागरिक समाजले नगर उपप्रमुख निलकण्ठ खनाललाई ज्ञापन पत्र बुझाईएको हो ।

 

उक्त ज्ञापन पत्रमा नियमितबजार अनुगमन, मुल्यनिर्धारण, बस्तुको गुणस्तर मापन, गुणस्तरहिन बस्तुको निरुत्साहित, गुणस्तरयुक्त बस्तुको उत्पादन, जनचेतनाको लागीखाद्यअधिकार,खाद्य सुरक्षा प्रचारप्रसार गरियोस, नितिनियममा देखिएका कमिकमजोरि र क्रुटिहरुलाई सुधार वा संशोधन र अनुगमन गर्ने विभिन्न निकायहरुबीच समन्वय तथा सहकार्य नगरपालिकाले गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

 

साथै ज्ञापन पत्रमा वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रभित्र रहेका कृषिफर्म, तरकारी, एग्रोभेट, किराना, मासु पसल, होटेलहरु लगायत हरेक व्यापारि क्षेत्र एउटा बनेको र जहाँ गुणस्तरहिन बस्तु निरन्तर आयात भईरहेको भन्दै समयसमयमा बजार अनुगमन गर्नुपर्ने माग राखिएको छ ।

 

यस्तै, उक्त ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख खनालले पछिल्लो समयमा खाद्यमा विभिन्न प्रकारको मिसावट भएको पाइएको र त्यसले नागरिकको स्वास्थ्यमा पारेको असरप्रति गम्भीर ध्यानकर्षण भएको बताए । साथै उनले बेला–बेला नागरिक समाज र खाद्य सञ्जालले झकझकाउने गरेकोले काम गर्नमा सजिलो भएको भन्दै धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार