२०८३ वैशाख ७ , सोमबार

सल्यानमा विषादी सेवनबाट बालकको मृत्यु



सल्यान। सल्यानमा एक जना बालकको विषाधी सेवनबाट मृत्यु भएको छ । बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको विषादी सेवनबाट मृत्यु भएको हो ।

 

आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आएर नुभान नामक विषादी सेवन गरेको र विषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस पल्टेको अवस्थामा आमाले देखेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

बेहोस पुनको सल्यान बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको थियो । उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० वैशाख २४ गते आइतबार