२०८३ वैशाख ७ , सोमबार

कर्णाली र सुदूरपश्चिम प्रदेशमा एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने घोषणा



काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम क्षेत्रमा उपचार नपाउँदा अल्य आयुमै हुने मृत्युको क्रम रोक्न एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने उल्लेख गरे।

उनले भने, ‘दुर्गम क्षेत्रमा उपचार नपाउँदा अल्प आयुमै हुने मृत्युको क्रम रोक्न अति दुर्गम सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरिनेछ।’

प्रकाशित मिति : २०८० जेठ ५ गते शुक्रबार