
सुर्खेत । ७२ औं मदन जयन्तीका अवसरमा कर्णाली प्रदेशको प्रादेशिक राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक जेठ १३ गते खुल्ला मञ्च घन्टाघरमा दिउँसो २ बजे हुन गईरहेको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन शुक्रवार मध्य–पश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा विद्यार्थीहरुको भेला एवम्ं स्वंयमसेवक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य एबं सहकारी अभियान्ता हरिहर नाथ योगिले प्रशिक्षण दिएका छन् । एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेज बिक्रम बस्नेतले कर्णाली प्रदेशमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता हुन गइरहेकाले यस क्षेत्रको खेल र पर्यटनमा टेवा पुग्ने भएकाले सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने र कार्यक्रमलाई व्यवस्थित गर्न स्वंयमसेवकहरुको महत्त्वपूर्ण भुमिका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा एकेडमीका केन्द्रीय सदस्य विशाल हमाल जिल्ला अध्यक्ष जनक चौधरी ,सचीव खगेन्द्र आचार्य, सन्देश थापा लगायतको उपस्तिथि रहेको थियो । मध्य पश्चिम विश्वविद्यालयलयमा अध्ययनरत खेलप्रेमी विद्यार्थीहरुको भेलाले मनिश चन्द को नेतृत्वमा २१ कार्यसमित समेत गठन गरिएको छ ।