२०८३ वैशाख ७ , सोमबार

सुर्खेतमा फोर्स गाडी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा फोर्स गाडी र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो १ः४५ बजेको समयमा अछामबाट सुर्खेत तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७२ नम्बरको फोर्स गाडी र वीरेन्द्रनगरबाट बड्डीचौर तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ६७९६ नम्बरको स्कुटर बराहताल गाउँपालिका ५ को मसिनामा एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक वीरेन्द्रनगर नगरपालिका ३ का २३ वर्षीय हिरालाल कँडेल रहेका छन् । उनलाई दिउँसो २ः२४ बजेको समयमा प्रदेश अस्पताल कालागाउँ सुर्खेतले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी जवान पदम बोगटीले जनाकारी दिए । उनकाअनुसार गाडी र गाडी चालक दैलेखको दुल्लु नगरपालिका ६ का ३१ वर्षीय नगेन्द्र शाही प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेठ ५ गते शुक्रबार