२०८३ वैशाख ७ , सोमबार

प्रथम कर्णाली रोड रेसको उपाधि शेरबहादुर अधिकारीलाई



हुम्ला । हुम्लामा भएको प्रथम कर्णाली करिडोर रोड रेसको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले जितेका छन् । रोय गैरीसायाँ युवा क्लबको आयोजनामा भएको कर्णाली करिडोर रोड रेसमा अधिकारी प्रथम भएका हुन् ।

हुम्लाको सलिसल्लादेखि सर्कीघाटसम्म ९ किलोमिटर दुरीको रोड रेसमा जुम्लाकै प्रकाश कठायत द्वितीय भएका छन् । यस्तै हुम्लाका सर्जन रावल तेस्रो हुन सफल भए ।

प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार