२०८३ वैशाख ८ , मंगलबार

सल्यानमा आगलागी हुँदा चार लाख बराबरको क्षति



सल्यान । सल्यानमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ । सल्यान कपुरकोट गाउँपालिका–३ फलाटेमा दुई घरमा बिजुलीको तार सर्ट हुँदा चार लाख बराबरको क्षति भएको हो ।  फलाटेका ५५ वर्षीय सेते डाँगीको फुसले छाएको दुई कोठे घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आगलागिबाट मानवीय क्षति नभएको भएपनि घरभित्र रहेका अन्नपात, लत्ताकपडा भने जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेठ २० गते शनिबार