२०८३ वैशाख ७ , सोमबार

अनलाइनबाट यौन दुर्व्यवहार गरेको आरोपमा जुम्लाका एक जना पक्राउ



जुम्ला । प्रहरीले अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले एक जनालाई भक्तपुरबाट आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका ९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र टिकटकमा साथी बनेर संवाद गरेको साइबर ब्युरोका प्रवक्ता एवं एसपी पशुपतिकुमार रायले जानकारी दिए। कुराकानी गर्दा यौन दुर्व्यवहार गरेको र स्क्रिन रेकर्ड समेत गरी फेक आइडीमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप उनी माथि छ ।

यसरी दुख हैरानी तथा चरित्र हत्या गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २०८० जेठ २२ गते सोमबार