
हुम्ला । हुम्लामा लाइसेन्सबिना नै मोटरसाइकलमा भाडा लिएर यात्रु ओसापसार गरेको पाइएको छ । हुम्लाको मध्य क्षेत्रमा पर्ने सर्केगाड र दक्षिण क्षेत्रमा पर्ने चंखेली गाउँपालिकामा लाइसेन्सबिना नै मोटरसाइकलमा यात्रु ओसारपसार गर्ने गरिएको पाइएको हो ।
सर्केगाडभित्रका विभिन्न ठाउँ र चंखेली गाउँपालिकामा करिब ७० जनाले मोटरसाइकलमा यात्रु बोक्ने गरेको भए पनि ५ प्रतिशतसँग मात्रै लाइसेन्स भएको यात्रु बोक्दै आएका एक मोटरसाइकल चालकले बताए । उनले बिलबुक नभएको मोटरसाइलसमेत चलाउने गरेको पाइएको बताए ।
एक जना ट्राफिक प्रहरी खटिएको भए पनि ती ट्राफिक प्रहरीलाई कसैले नटेर्ने गरेको र जथाभावी मोटरसाइकल चलाउने गरिएको उनको भनाइ छ । ट्राफिकले समाते पनि पैसाको खेल हुँदा त्यस्ता व्यक्ति उन्मुक्ति पाउने गरेको उनको भनाई छ ।
मोटरसाइकलहरुले करिब ९ किलोमिटर यात्र गर्दा एक जनाको एक हजार लिने गरेको स्थानीय कवि शाहीले बताए । लाइसेन्स नभएका मोटरसाइकल चालकले दिनमा १० देखि १२ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । तर यात्रु बोक्ने मोटरसाइकललाई नियमन गर्न कुनै कानून नै नहुँदा दुर्घटनाको जोखिम भने बढेको छ । मध्यान्ह