२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा पुग्यो कांग्रेसको रुपान्तरण अभियान



सुर्खेत । नेपाली कांग्रेसको संस्थापनइतर समूहले थालेको रुपान्तरण अभियान कर्णालीमा पुगेको छ । कांग्रेसको रुपान्तरण अभियान मधेश, वाग्मती, गण्डकी हुँदै आज कर्णालीको सुर्खेतमा पुगेको हो ।

नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो । सुर्खेतमा आयोजित रुपान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा देखिएको निराशा आशामा बदलिने विश्वास व्यक्त गरे ।

उनले नेतृत्वले गलत गर्दा टुलुटुलु हेरेर मात्र बस्न नसेको भन्दै आफूहरु प्रदेशस्तरीय अभियान सकेपछि जिल्लाजिल्ला र गाउँगाउँमा यसलाई फैलाउने बताए। रुपान्तरण अभियान अन्तर्गत जेठ २६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ गते कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुनेछ ।

प्रकाशित मिति : २०८० जेठ २३ गते मंगलबार