
सुर्खेत । मदन भण्डारी फाउन्डेसन कर्णाली प्रदेशका अध्यक्ष रबिन्द्रराज शर्माको अध्यक्षतामा बिहिवार प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । भेलाले पुन: शर्माको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
कार्यसमितिको सचिवमा कुलमणी देवकोटा, कोषाध्यक्षमा घनश्याम पाण्डे र सदस्यहरुमा दक्षिणा शाही, कलबहादुर हमाल, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, तेजबहादुर चन्द, दानसिंह परियार, भिमबहादुर सेन, नारायणी चौलागाईं, करबिर चदरा र मनबिर घर्तीलाई सर्वसम्मत निर्वाचित गरेको छ । फाउन्डेसनका केन्द्रीय सदस्य नन्दबहादुर सिंह प्रमुख अतिथिमा रहेको भेलामा केन्द्रीय सदस्य टीका बिष्टको पनि उपस्थिती रहेको थियो ।
बिहिवार साँझ नवगठित कमिटीको बैठक बसेर आगामी असार १० गतेसम्म १० वटै जिल्ला कमिटीले सम्मेलन सम्पन्न गर्न निर्देशन दिँदै असार १४ गते जननेता मदनकुमार भण्डारीको जन्मजयन्ती श्रृजनात्मक रुपमा मनाउन कार्ययोजना निर्माण गरेको छ । प्रदेश कमिटिले जन्मजयन्तीको अवसरमा बिचारधारात्मक कार्यक्रम गर्ने निर्णय समेत गरेको कोषाध्यक्षमा पाण्डेले जानकारी दिए ।