२०८३ वैशाख ८ , मंगलबार

सभामुख गुरुङ्ले दिइन् प्रदेश प्रमुख परियारलाई धन्यवाद



सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले प्रदेश प्रमुख तिलक परियारलाई धन्यवाद दिएकी छन् । २१ जेठमा बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पाँचौ बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरी सभालाई सम्बोधन गरेकोमा सभामुख गुरुङ्ल परियारलाई धन्यवाद ज्ञापन गरेकी हुन् ।

उनले कर्णाली प्रदेशसभाको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख परियारलाई धन्यबाद दिएकी हुन् । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहिवार बहुमतले पारित समेत भइसकेको छ । कर्णाली प्रदेश सभा नियमावलीको नियम ३७ (४) बमोजिम बिहीबारको प्रदेश सभा बैठकको बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार