२०८३ जेठ १९ , मंगलबार

माथिबाट खसेको ढुंगाले लाग्दा बालकको मृत्यु



हुम्ला । बाख्रा चराउन गएको बेला माथिबाट खसेको ढुंगाले लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ । मध्ये क्षेत्रको सर्केगाड गाउँपालिका वडा ८ राहदेव गाउँका भुपेन्द्र रोकायाको ढुंगाले लागेको मृत्यु भएको हो ।

रोकाया शुक्रबार बाख्रा चराउन तल्लो सताङ्ग जंगलमा गएका थिए ।  जंगलमा माथिबाट एक्कासी ढुंगा खसेर लागेपछि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार करिब चार बजेतिर ढुंगा लागेर मृत्यु भएको हो ।

बाख्रा चराउन सोही गाउँका ११ वर्षीय अनिल एडि पनि गएका थिए । एडिको ढुंगाले लागेर दाहिने हात भाँचिएको छ । उनको राहदेव स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेठ २६ गते शुक्रबार