२०८३ वैशाख ८ , मंगलबार

विसिद्धारा जन्मदिनको अवसरमा स्टेशनरी सामान वितरण



जन्मदिनको अवसरमा विद्यालयमा स्टेशनरी सामाग्री वितरण गर्दै

दुर्गा विसि, सल्यान । सल्यानमा एक जनाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेका छन् । प्रभाकर माध्यमिक विद्यालय देवस्थलको अतिरिक्त शुक्रवारे कार्यक्रमलाई लक्षित गरी उक्त विद्यालयका पुर्व शिक्षक, वडा नं ६ का वडा अध्यक्ष तथा बनगाड क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष साथै नेकपा एकीकृत समाजवादीका बनगाड कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज समेत रहेका गणेश विसिले विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।

उनले अन्य फजुल खर्च कटौती गर्दै विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक पुष्कर विसिले जानकारी दिए । उनले जन्मदिनलाई तडकभडक नभई दान दक्षिणा दिएर मनाउनु उपयुक्त हुने भन्दै विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।

प्रकाशित मिति : २०८० जेठ २६ गते शुक्रबार