
सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । शनिवार साँझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले वीरेन्द्रनगर–६ मंगलगढी चोकमा रहेको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–३ कालिकोटका वर्ष ३० का अर्जुन देवकोटा, नेपालगञ्ज उपमहानगरपालिका–११ बाँकेका वर्ष २४ का फिरोज खान र नेपालगंज उपमहानगरपालिका १८ बस्ने बर्ष २३ की शारदा सिंह रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ११ ग्राम ८२० मिलिग्राम लागू औषध जस्तो देखिने धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
साथै, प्रहरीले नेपाली तीन हजार र भारतीय दुई हजार ६ सय रुपैयाँ, एक सादा मोबााइल र एक थान टच मोबाइल समेत बरामद गरेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।