२०८३ वैशाख ८ , मंगलबार

गुर्भाकोटमा युवा जागरण तथा सशक्तीकरण मञ्चद्धारा विद्यार्थीलाई झोला वितरण 



हुम बहादुर कार्की, सुर्खेत । गुर्भाकोट नगरपालिकामा सामाजिक कार्यमा क्रियाशील रहेको संस्था युवा जागरण तथा सशक्तीकरण मञ्चले उदाहरणीय कार्य सम्पन्न गरेको छ । गुर्भाकोट २ स्थित जन ज्ञान भण्डार मावि कोटखोलामा संस्थाको आयोजना र सहयोगी हातहरूको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जन ज्ञान भण्डार माविका दलित, गरिब तथा जेहेन्दार ३७ ना विद्यार्थीलाई भविष्यमा नेपाल बोक्नेहरूका लागि झोला सचेत युवा अभियानले वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष जीवन ढकाल, वडा अध्यक्ष नोख बहादुर वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डिसी , प्रधानाध्यापक गङ्ग प्रसाद भट्ट, संस्थाका उपाध्यक्ष पहलमान डाँगी, आबि रपटका अध्यक्ष मोती चपाई, समाजसेवी खिमानन्द ढकाल, सुरेन्द्र प्रसाद ढकाल, चेतनन्द कँडेल लगायत विव्यस परिवार शिक्षक शिक्षिका र विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष वलीले युवाहरूको सक्रियता र सामाजिक कार्यप्रतिको लगावले आफूलाई धेरै प्रेरणा मिलेको बताउँदै, आगामी दिनमा कार्यक्रम गर्दा वडाबाट गर्नुपर्ने सहयोगमा प्रतिबद्ध रहेको बताए ।

संस्थाका अध्यक्ष जीवन ढकालले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै  छोटो समयमै संस्था दर्ता गरी संस्था निरन्तर अघि बढेको हुँदा हाल नगरपालिका, वडा लगायत गाउँ घरमा भएका विकृति र बिसङ्गतीहरुको उजागर गर्दै सबैलाई सचेत गराउनका लागि सचेत युवा जागरण तथा सशक्तीकरण मञ्चको प्रमुख उद्देश्य रहेको बताए ।

संस्थाको यो कार्यक्रम पहिलो भए सङ्गै संस्थाले विभिन्न निकायबाट सहयोग भएमा सामुदायिक विद्यालयमा भएका गरिब तथा जेहेन्दार विद्यार्थी भाईबहिनिहरुका लागि शैक्षिक सामाग्री वितरण कार्य सञ्चालन गर्ने बताए । साथै उनले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यस्तै, विव्यस अध्यक्ष डिसीले युवाको यो उदारणिय कार्यको सफलता सङ्गै दिगो सञ्चालनका लागि शुभकामना दिँदै सबै निकायमा हामी सबै सचेत रहन र संस्थालाई साथ दिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक भट्ट, संस्थाका उपाध्यक्ष डाँगी लगायत अन्य व्यक्तिहरूले समेत स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मका गरिब तथा जेहेन्दार ३७ जना विद्यार्थीहरूलाई झोला वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सदस्य काशीबहादुर गाहाले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेठ २८ गते आइतबार