सुर्खेत । भेरीगंगामा प्रहरीले विभिन्न अवैध सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीको टोलीले भेरीगंगा नगरपालिका–१० तोलीखोला पुल स्थित नेपालगञ्ज देखि डोल्पा जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००२८ नम्बरकोे बसमा कुनै पनि बिल नभएको स्टार चामल ११ बोरा (२५ केजी) को दरले २ क्विन्टल चामल (७५ केजी) को दरले र ५० केजी चिनी बरामद गरेको हो । बरामद गरिएको सामान ईलाका प्रहरी कार्यालय छिन्चुको राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार ३ गते आइतबार