
जाजरकोट । छेडागाडमा माछा मार्ने क्रममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका १ र ११ को सिमाना छेडाखोलाको रिठेदहमा बिहीवार जाल हान्ने क्रममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका ९ का अन्दाजी वर्ष ४२ का धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का अन्दाजी वर्ष ४० का नरबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले खबरदृष्टिलाई जानकारी दिए ।
उनीहरु माछा मार्न भनि छेडाखोलामा गएका थिए । सोही क्रममा खोला तर्ने बेलामा पानीमा डुबेर बिहीवार अपराह्न साढे ४ बजेको समयमा मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार