२०८३ वैशाख ८ , मंगलबार

लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ



जुम्ला जुम्लामा लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तिला गाउँपालिका–२ घर भई हाल चन्दननाथ नगरपालिका–४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकासुन्दरी गाउँपालिका–२ बस्ने २३ वर्षीय खुम बहादुर रावत रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले प्रकाश बोहराको कोठा तलासी गर्दा बुधबार ४० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो ।

साथै थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध चन्दननाथ नगरपालिका–५ बस्ने २२ वर्षीय मनोज सुनारबाट किनि ल्याएको खुल्न आएपछि मनोज सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार