
दैलेख । दैलेखमा खोलाले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ । आज बिहान घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर ठाटीकाँध गाउँपालिका–४ माझचौर बस्ने लोकबहादुर कठायतकी छोरी १७ वर्षीया उर्मिलाको मृत्यु भएको हो ।
दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनी कक्षा १० मा अध्ययनरत थिइन् । यसैगरी चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका–५ मा दुई जना घाइते भएका छन् ।
स्थानीय रुद्र बहादुर गिरिको घरमा परेको चट्याङ लागेर उनकी श्रीमती ४४ वर्षीया चन्द्रा गिरि र छोरी १६ वर्षीया माया गिरि घाइते भएका हुन् । चट्याङ लागेर घाइते भएका दुवै जनालाई थप उपचारका लागि सुर्खेत ल्याइएको गुराँस गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार