हुम्ला । हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ। राष्ट्रिय सडक सन्जाल नजोडिएको हुम्लामा खराब मौसमको कारण हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।
नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई रुट पर्ने कालिकोट र बाजुरामा खराब मौसमको कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए ।
उनले सिमकोटको मौसम ठिक भए पनि हवाई मार्गका लागि इनरुट पर्ने कालिकोट र बाजुरा जिल्लामा खराब मौसमको कारण हवाई सेवा सुचारु हुन नसकेको जानकारी दिए ।
प्रकाशित मिति : २०८० असार १० गते आइतबार