२०८३ वैशाख ८ , मंगलबार

हिमा गाउँपालिकामा एकल पुरुषलाई ‘विदुर’ भत्ता



जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने नीति ल्याएको छ । जुम्लाका आठ स्थानीय तहमध्ये नौलो नीतिका रुपमा एकल पुरुषलाई बिदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा कार्यान्वयन हुने गरी एक पुरुषलाई पनि भत्ता दिने नीति ल्याइएका जानकारी दिए । उनकाअनुसार भत्ता ५० वर्षमाथि र ५९ वर्षमुनिका एकल पुरुषलाई दिइने छ । यो कार्यक्रमले एकल पुरुषहरूलाई राहत महशुस हुने विश्वास उनले लिएका छन् ।

पछिल्लो समय यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरू बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि विभिन्न समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता दिने नीति ल्याएको अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमबार