२०८३ वैशाख ८ , मंगलबार

खेत गोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु



जुम्ला । जुम्लामा खेत गोड्ने क्रममा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनका सुन्दरी गाउँपालिका –८ की अन्दाजी वर्ष १७ की प्रमीला परियार रहेकी जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । यस्तै, करेन्ट लागेर नै सोही ठाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार