२०८३ वैशाख ८ , मंगलबार

असार १५ गते कर्णालीमा सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले १५ असारमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा १५ असारमा कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये जुम्ला बाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् उपसचिव निधि राज न्यौपानेले २९ चैत्र २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । जुम्लामा भने १२ चैतमा धान दिवस भनेर बिदा दिने गरिएको छ ।

प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार