रूकुम पश्चिम । रुकुम पश्चिमको स्यार्पू तालमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन् । मंगलबार दिउँसो १ बजेदेखि स्थानीय बालिका टीका विक बाँफिकोट गाउँपालिका ३ मा रहेको स्यार्पू तालमा डुबेर बेपत्ता भएकी हुन् ।
स्यार्पूताल माविमा कक्षा ४ मा अध्ययनरत विक साथीहरूसँगै विद्यालयको हाफ टाइममा पौडी खेल्न गएको बेला उनी तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिए ।
उनीसँगै गएका अरू पाँच जना साथीहरू भने सकुशल घर फर्किएको प्रहरीले जनाएको छ । बेपत्ता भएकी बिकको अहिले खोजी कार्य जारी रहेको छ ।
प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार